१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

म्यानचेस्टर र भिल्लारियल फाइनलमा

एजेन्सी

पेरिस — युरोपा कपको फाइनलमा म्यानचेस्टर युनाइटेड र भिल्लारियल भिड्ने भएका छन् । म्यानचेस्टर युनाइटेड एएस रोमासँग सेमिफाइनल दोस्रो लेगमा ३–२ ले पराजित भएर पनि फाइनल पुगेको हो ।

म्यानचेस्टर र भिल्लारियल फाइनलमा

म्यानचेस्टर दुई लेगको सेमिफाइनलमा समग्रमा ८–५ ले अगाडि रह्यो । व्यवस्थापकका रूपमा ओले गन सोल्सार आएयता म्यानचेस्टर कुनै पनि प्रतियोगिताको फाइनल पुगेको यो पहिलो अवसर हो ।

रोममा भएको खेलमा घरेलु टिमका लागि एडिन जेको र ब्रायन क्रिस्टियनले गोल गरे । अर्को गोल आत्मघाती रह्यो । म्यानचेस्टरका तर्फबाट एडिसन कभानीले दुई गोल गरे ।

आर्सनललाई भने उसको घरमा भिल्लारियलले सेमिफाइनलको दोस्रो लेगमा गोललरहित बराबरीमा रोक्यो र समग्रमा २–१ को अग्रता लियो ।

प्रकाशित : वैशाख २४, २०७८ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?