नेपाल सुपर लिग : अन्तत: ललितपुरको जित- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल सुपर लिग : अन्तत: ललितपुरको जित

कान्तिपुर संवाददाता

काठमाडौँ — लगातार खराब प्रदर्शनपछि आफ्ना मुख्य प्रशिक्षक प्रदीप हुमागाईलाई बर्खास्त गरेको ललितपुर सिटी एफसीले बिहीबार नेपाल सुपर लिगमा पहिलो जित निकालेको छ । प्रशिक्षकका रूपमा ललितपुरको जिम्मेवारी राजु तामाङले सम्हाले र टिमलाई जित पनि दिलाए ।

तस्बिर : हेमन्त श्रेष्ठ, कान्तिपुर

दशरथ रंगशालामा भएको खेलमा नुर्लान जाहिदले हेडबाट पाँचौं मिनेटमा गोल गरे र यो नै अन्तमा निर्णायक सावित भयो । यो जितपछि ललितपुरको शीर्ष चारको सम्भावना कायम रह्यो ।

लतिलपुरको पाँचौ खेलपछि छ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ । ललितपुरको भाग्य अब उसको खेलमा मात्र भने निर्भर हुने छैन्, अन्य टिमको प्रदर्शनले पनि फरक पार्नेछ ।

बुटवल लुम्बिनी भने लगातार दोस्रो हारपछि पाँच अंकमै सीमित रह्यो र पुछारबाट दोस्रो स्थानमा रह्यो । पहिलो खेल जितेयता बुटवल लुम्बिनी पनि तीन अंकका लागि संघर्षरत छ र उसको शीर्ष चारको सम्भावना कमजोर भएको छ ।


अंक तालिका

टिम खेल जित बराबरी हार गोल अंक

  • धनगढी ५ ३ १ १ ८–४ १०
  • विराटनगर ४ २ १ १ ७–३ ७
  • काठमाडौं ४ २ १ १ २–३ ७
  • ललितपुर ५ १ ३ १ ३–३ ६
  • पोखरा ५ १ २ २ १–३ ५
  • बुटवल लुम्बिनी ५ १ २ २ ६–६ ५
  • चितवन ४ – २ २ ३–८ २

प्रकाशित : वैशाख २३, २०७८ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्

अक्सिजन बैंकलाई ३६ वटा सिलिन्डर सहयोग

सन्जु पौडेल

तिलोत्तमा — बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले बुटवल उपमहानगरपालिकाको अक्सिजन बैंक सेवामा सहकार्य गरेको छ ।

मैनाबगर क्षेत्रमा रहेका व्यवसायीसँगबाट संकलित ३६ थान अक्सिजन सिलिण्डर एसोसियएसनले बिहीबार उपमहानगरपालिकामा हस्तान्तरण गरेको हो ।

भरिएका १४ र खाली २२ थान सिलिण्डर उपमहानगरलाई दिइएको एसोसिएसनका अध्यक्ष बाबुलाल पाण्डेले बताए । परिस्थिति जोखिमपूर्ण रहेकाले यसबाट छुटकारा पाउन सबैले आफ्नो तर्फबाट सक्ने सहयोग गर्नुपर्ने भन्दै उनले अहिले व्यवसाय बन्द रहेकाले अक्सिजन सहयोग गर्न सकिएको बताए ।

बुटवलले अक्सिजन सेवाका लागि गर्भवती र सुत्केरी महिला, दीर्घरोगी, ज्येष्ठ नागरिक र अशक्तलाई पहिलो प्राथमिकतामा राखेको छ । बुटवलका १९ वटै वडामा रहेका होम आइसोलेसन, होटल आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेका लक्षणसहितका संक्रमितलाई एम्बुलेन्ससहितको सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : वैशाख २३, २०७८ १६:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×