१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

रियललाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी

लन्डन — टिमो वार्नर र मेसन माउन्टको गोलमा चेल्सीले बुधबार रियल म्याड्रिडलाई २–० ले हराएर युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ । उपाधिको भिडन्तमा चेल्सीले म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

रियललाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

स्टायनफोर्ड ब्रिजमा भएको सेमिफाइनल दोस्रो लेगमा चेल्सीले प्राप्त गरेको यो जितपछि इंग्लिस प्रिमियर लिग टिम समग्रमा ३–१ को अग्रता लिन पनि सफल रह्यो ।

तस्बिर : रोयटर्स

चेल्सीले यसअघि पहिलो लेगमा कीर्तिमान १३ पल्टको विजेता रियललाई १–१ को बराबरीमा रोकेको थियो । जर्मन खेलाडी वार्नरले २८ औं मिनेटमा गोलको खाता खोले । मेसनले ८६ औं मिनेटमा दोस्रो गोल थपे ।

प्रकाशित : वैशाख २३, २०७८ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?