कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

नेपाल सुपर लिग : धनगढी शीर्ष चारमा निश्चित

काठमाडौँ — धनगढी एफसीले बुधबार नेपाल सुपर लिगमा शीर्ष चारको स्थान निश्चित गरेको छ । प्रतियोगितामा शीर्ष चार स्थान निश्चित गर्ने धनगढी पहिलो टिम हो ।

नेपाल सुपर लिग : धनगढी शीर्ष चारमा निश्चित

उसले दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्सलाई १–० ले हरायो र शीर्ष स्थानमा पुग्यो । यो जितपछि धनगढीको १० अंक भएको छ ।

यही स्थितिमा धनगढी कम्तीमा शीर्ष चारमा रहनेछ र उसले कम्तीमा पहिलो इलिमिनेटर खेल्ने निश्चित भएको छ । यो खेलसँगै प्रतियोगितामा पाँचौं चरणको खेल पनि सुरु भएको छ । यही खेलको निर्णायक गोल भने सब्टिच्युट दर्शन गुरुङले ६८ औं मिनेटमा गरे । यो प्रतियोगिताकै अर्को उत्कृष्ट गोल रह्यो ।

उनले कम्तीमा २० यार्डबाट भलिमा गरेको प्रहारले उचाइमा घुमाउरो बाटो लिएर पोस्टको दिशा लिएको थियो । उनको प्रहारमा पोखराका गोलरक्षक दीप कार्कीसँग कुनै पनि अवसर थिएन् । खेलको पहिलो हाफको मध्यमा धनगढीले चोटका कारण ओलादिपो आलावालेलाई गुमाए पनि त्यसको चर्को मूल्य भने तिर्नु परेन ।

पोखरा भने पाँच अंकमा पाँचौं स्थानमा रह्यो । खेलमा पोखरा हाबी रहे पनि उसले गोल निकाल्न सकेन् । यो नै प्रतियोगितामा उसको सबैभन्दा ठूलो समस्या रहेको छ । पाँच खेलमा पोखराले अहिलेसम्म एकै गोल गर्न मात्र सकेको छ । यसैले उसको शीर्ष चारको सम्भावना कमजोर भएको छ ।

प्रकाशित : वैशाख २२, २०७८ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?