कुशल भुर्तेल आईसीसी 'प्लेयर अफ द मन्थ' को मनोनयन सूचीमा

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपालका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन् । आईसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडीको मनोनयन सूचीमा  पाकिस्तानी खेलाडी बाबर आजम र फखर जमानसँगै कुशल पनि परेका हुन् । 

कुशल भुर्तेल आईसीसी 'प्लेयर अफ द मन्थ' को मनोनयन सूचीमा

अप्रिल महिनामा पाकिस्तानी कप्तान बाबर आजम विराट कोहलीलाई पछि पार्दै आईसीसी एकदिवसीय वरीयतामा शीर्ष स्थानमा पुग्न सफल भएका थिए । दक्षिण अफ्रिकाविरुद्धको खेलमा ९४ बलमा ८२ रन बनाउँदै बाबरले पाकिस्तानलाई खेल जिताएका थिए ।

उक्त खेलबाट १३ अंक बटुल्दै बाबरले आफ्नो करियरमै सबैभन्दा बढी ८६५ प्वाइन्ट बनाएका थिए । त्यस्तै उनले दक्षिण अफ्रिकाविरुद्धको टी-२० शृंखलाको अन्तिम खेलमा ५९ बलमा १२२ रन बनाएका थिए ।

त्यस्तै फखर जमानले अप्रिलमा महिनामा एकदिवसीय खेलमा २ शतक प्रहार गरेका थिए । त्यसमा दक्षिण अफ्रिकाविरुद्ध जोहानेसबर्गमा भएको खेलमा बनाएको १९३ रनको पारीसमेत समावेश छ ।

त्यस्तै कुशल भुर्तेलले उनले हालै नेपालमा भएको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सिरिजमा २ सय ७८ रन बनाएका थिए । उनले नेदरल्यान्ड्स र मलेसियासम्मिलित सिरिजमा लगातार तीन अर्धशतक बनाएका थिए । उनले कुल ५ खेलमा चार अर्धशतक बनाए ।

मनोनयनमा परेका खेलाडीलाई आईसीसीको वेबसाइटमा गएर भोट दिन सकिनेछ ।

प्रकाशित : वैशाख २२, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?