म्यानचेस्टर सिटी पहिलोपल्ट च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी

म्यानचेस्टर — रियाद मेहरेजले गरेको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई इतिहाडमा २–० ले हराउँदै पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ ।

म्यानचेस्टर सिटी पहिलोपल्ट च्याम्पियन्स लिग फाइनलमा

यो जितपछि दुई लेगको सेमिफाइनलमा सिटी समग्रमा ४–१ ले अगाडि रह्यो । खेलमा सिटी हाबी भएपछि फ्रान्सेली प्रतिद्वन्द्वी पीएसजी सेमिफाइनलमै रोकियो ।

खेलको ६९ औं मिनेटमा एन्जेल डि मारियालाई रातो कार्ड देखाइएपछि पीएसजी १० खेलाडीमा सीमित रह्यो । अब पेप ग्वार्डिओलाको सिटीले मे २९ मा इस्टानबुलमा हुने फाइनलमा चेल्सी अथवा रियल म्याड्रिडको सामना गर्नेछ ।

बार्सिलोनाका लागि दुई पल्ट च्याम्पियन्स लिग जितेका ग्वार्डिओलाले फेरि एकपल्ट फाइनलमा प्रवेशका लागि भने १० वर्ष कुर्नु पर्‍यो । लिग चरणका सबै ६ खेल जितेको सिटी फाइनल प्रवेशका लागि पूर्ण हकदार पनि देखिएको थियो ।

मेहरेजले ११ औं मिनेटमा पहिलो गोल गरेपछि ६३ औं मिनेटमा दोस्रो गोल थपे । पीएसजीमा चोटग्रस्ट खेलाडी केलयिन एम्बापेको अनुपस्थिति महँगो सावित भयो ।

तस्बिरहरू : रोयटर्स

प्रकाशित : वैशाख २२, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?