कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेपाल सुपर लिग : काठमाडौं तेस्रोमा, बुटवल लुम्बिनीको पहिलो हार

काठमाडौँ — नेपाल सुपर लिगमा बुटवल लुम्बिनी एफसीले मंगलबार एक्लो अपराजित टिमको परिचय गुमाएको छ । उसलाई काठमाडौं रेजर्सले १–० ले हरायो । यो जितपछि काठमाडौं तेस्रो स्थानमा उक्लिन सफल रह्यो । उसको सात अंक भयो । बुटवल लुम्बिनी भने पाँच अंकमै सीमित रहेर चौथो स्थानमा झर्‍यो ।

नेपाल सुपर लिग : काठमाडौं तेस्रोमा, बुटवल लुम्बिनीको पहिलो हार

आक्रामक ढंगले सुरु भएको खेलको पाँचौं मिनेटमा काठमाडौंका स्टेफेन बिलोङले निर्णायक गोल गरे । सुदिल राईको लामो पासमा बिलोङले विपक्षी गोलरक्षक विशाल श्रेष्ठविरुद्ध वान भर्सेस वानमा गोल गरे । लगत्तै छैटौं मिनेटमा बुटवल लुम्बिनीले पेनाल्टीको अवसर पाएको थियो, तर त्यसमा विलियम ओपोकु गोल गर्न चुके ।

विश्वास श्रेष्ठले सुमन लामालाई लडाएपछि प्राप्त पेनाल्टीमा ओपोकुको प्रहार काठमाडौंका गोलरक्षक विकेश कुथुले सजिलै जोगाए । पहिलो हाफ जति आक्रामक र तीव्र गतिले खेल भएको थियो, दोस्रो हाफ भने त्यस्तो रहेन । दोस्रो हाफ धेरै हदसम्म सुस्त रह्यो र दुवै टिमका खेलाडी थाकेका पनि देखिए ।

यो खेलसँगै प्रतियोगिताको चौथो चरणको खेल समाप्त भएको छ । विराटगनर सिटी एफसी सात अंकसहित शीर्ष स्थानमा छ भने समान सात अंकमा धनगढी एफसी दोस्रो स्थानमा छ । अब अन्तिम दुई चरणका खेल हुनेछन् र यसले शीर्ष चारमा रहने टिमको निर्णय गर्नेछ । लिग चरणको समाप्तीमा शीर्ष चारबीच प्ले अफ र इलिमिनेटरका खेल हुनेछन् ।

अंक तालिका

टिम खेल जित बराबरी हार गोल अंक

विराटनगर ४ २ १ १ ७–३ ७

धनगढी ४ २ १ १ ७

प्रकाशित : वैशाख २१, २०७८ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?