कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रोनाल्डो आएपछि खस्किएको युभेन्टस

मार्का

मार्का — एक समय इटालियन सिरी ‘ए’ मा युभेन्ट्स छुनै नसकिने गरेर अगाडि थियो । त्यसैले युभेन्टसले लगातार सात लिग उपाधि जितेको थियो । इटालीको घरेलु फुटबलको शीर्षस्थानमा युभेन्टसको प्रतिस्पर्धा कोहीसँग थिएन ।

रोनाल्डो आएपछि खस्किएको युभेन्टस

त्यसैले युभेन्टसले सन् २०१८ मा एउटा अझ उचाइको लक्ष्य बनायो । यसैक्रममा भित्र्याएको थियो युभेन्टसले पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डो । तर त्यसै समयपछि युभेन्टसका खराब दिन सुरु भए, टोलीका योजना जतिले वास्तवमै गति लिन सकेन ।

यी पोर्चुगाली खेलाडीले ‘ओल्ड लेडी’ लाई पक्कै पनि थप दुई सिरी ‘ए’ उपाधि दिलाए । तर युरोपमा भने युभेन्टसले खासै केही गर्न सकेन । अझ अहिले त यी ७ नम्बरका खेलाडी छँदाछँदै युभेन्टसले घरेलु लिगको उपाधि पनि गुमाएको छ । त्यसो भनेको सन् २०११ यता पहिलोपल्ट युभेन्ट्स सिरी ‘ए’ जित्न असफल रह्यो । यस्तो हुन्छ भन्ने लगभग तय भइसकेपछि पछिल्ला केही समयदेखि सबैको नजर यिनै पाँचपल्टका बालोन डे’अर विजेतामाथि थियो ।

हुन पनि रोनाल्डो आफैं केही खराब लयमा थिए । युभेन्टसले जितेका खेलमा पनि उनले गोल गर्न सकिरहेका थिएनन् । आइतबार युभेन्टसले युडिनेजीमाथि प्राप्त पुनरागमन जितमा रोनाल्डोले दुई गोल गरे, तर धेरैले यसलाई ख्यालै राखेनन् । बरू सबैले उल्टै भनिरहेका थिए, लिग उपाधि पो त खोसियो, युभेन्टसको कब्जाबाट । सन् २०२०–०२१ को सिजनको सुरुआतमै लगभग स्पष्ट भइसकेको थियो, यसपालि युभेन्टसलाई सजिलो छैन ।

लिगको सुरुमा केही समय एसी मिलान अगाडि रह्यो । पछि एसीलाई उछिनेर इन्टर मिलान अगाडि रह्यो । अन्ततः इन्टरले नै उपाधि जित्यो । तर कुनै पनि समय युभेन्ट्सले शीर्षस्थानका लागि चुनौती पेस गर्न सकेन । युरोपमा युभेन्टसले केही गर्न नसकेकोमा सायद माफी दिन सकिन्थ्यो होला । तर युभेन्टसले त्यस्तो टिमविरुद्ध जित निकाल्न सकेन, जसका विरुद्ध यो टिमले आरामले जित्ने छ भनेर अपेक्षा गर्न सकिन्थ्यो । जित्नैपर्ने खेलमा पनि युभेन्टसको केही चलेन ।

त्यसैले त युभेन्टसमा रोनाल्डोको पहिलो सिजन अयाक्सको हातबाट बाहिरियो । सन् २०१९–२०२० मा युभेन्टसलाई लियोनले माथ दियो । यसपल्ट युभेन्टसको बाटो छेक्ने काम एफसी पोर्टोले गरेको थियो । त्यसो त टिमको यो खस्कँदो प्रदर्शनप्रति रोनाल्डोलाई मात्र दोष दिन कसरी सकिन्छ र ? तर एउटा सत्यतथ्य के पनि हो भने युभेन्टस रोनाल्डोबिना नै राम्रो थियो । त्यसैले युभेन्टस सन् २०१५ देखि २०१७ बीच दुई अवसरमा च्याम्पियन्स लिगको फाइनलसमेत पुगेको थियो । भन्न कर लाग्छ, पक्कै पनि रोनाल्डो आएपछि युभेन्टसको ब्रान्ड बलियो भएको छ । मैदानबाहिर रोनाल्डोले युभेन्टसलाई केही बढी नै कमाउन मदत गरेको छ । त्यसमाथि रोनाल्डो आफैंले युभेन्टसका लागि सधैं सम्झनलायक गोल पनि गरेका छन् । सत्य के पनि हो भने जतिबेलादेखि रोनाल्डो टुरिन आए, यी तीन सिजन टिमको प्रदर्शन झन् पो खस्कन थालेको छ । यो यस्तो सत्य हो, जसलाई पटक्कै नकार्न सकिन्न ।

प्रकाशित : वैशाख २१, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?