कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वेस्ट ह्यामको युरोपेली सपना कायम

एजेन्सी

लन्डन — वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा बर्नलीलाई सोमबार २–१ ले हराएको छ । यससँगै टोलीले अर्को सिजन युरोपेली फुटबल खेल्ने सपना कायम राख्यो । एक गोलले पछाडि रहेर खेलमा फर्केको वेस्टह्याम ५८ अंकसाथ पाँचौं स्थानमा छ ।

वेस्ट ह्यामको युरोपेली सपना कायम

यो चौथो स्थानमा रहेको चेल्सीसँग तीन अंकको दूरी मात्र हो । लिगमा अब तीन चरणका खेल बाँकी छन् । वेस्ट ह्याम छैटौं स्थानका टोटनहमभन्दा दुई अंकले अगाडि छ ।

बर्नलीको घरेलु मैदानमा भएको खेलमा क्रिस उडले पेनाल्टीबाट सुरुआती गोल गरे । त्यसपछि वेस्ट ह्यामका लागि मिखाइल एन्टोनियोले दुई गोल फर्काउँदै आफ्नो टिमलाई बहुमूल्य तीन अंक दिलाए ।

सोमबार नै वेस्ट ब्रुम र उल्भ्सबीच भएको अर्को खेल १–१ को बराबरीमा सकियो । यसले वेस्ट ब्रुमको रेलिगेसनबाट बच्ने सम्भावना अझ कमजोर भएको छ । २६ अंक मात्र रहेको उक्त टोली पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित : वैशाख २१, २०७८ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?