२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नेपाल सुपर लिग : विराटनगरको जितमा मेन्जी र सन्तोषको उत्कृष्ट गोल

काठमाडौँ — उरुग्वेली स्पेनी खेलाडी पेड्रो नेपाल सुपर लिग खेलिरहेका सबैभन्दा प्रतिष्ठित खेलाडी हुन् । उनले आफ्नो यही परिचय अनुसार सोमबार दशरथ रंगशालामा उत्कृष्ट गोल पनि गरे । नेपाली खेलाडीमध्ये सन्तोष तामाङ राम्रो देखिएका छन् । उनले पनि उत्तिकै उत्कृष्ट गोल गरे ।

नेपाल सुपर लिग : विराटनगरको जितमा मेन्जी र सन्तोषको उत्कृष्ट गोल

यही प्रदर्शनको मदतले विराटनगर सिटी एफसीले एफसी चितवनलाई २–० ले हरायो र शीर्ष स्थानमा उक्लिन सफल रह्यो । यो जितपछि विराटनगरको चार खेलबाट सात अंक भएको छ । धनगढी एफसी समान सात अंक रहेको छ । विराटनगर गोल अन्तरले धनगढी भन्दा अगाडि रहेको हो ।

सुनिल बलले ७३ औं मिनेटमा फ्रि किकबाट दिएको पासलाई मेन्जीले नियन्त्रणमा लिए र पेनाल्टी एरियाको ठीक बाहिरबाट हाफ भलीमा शक्तिशाली प्रहार गरेर गोल गरे । आर्मीका सन्तोषले पनि ८८ औं मिनेटमा पेनाल्टी एरियाको ठीक बाहिरबाट शक्तिशाली प्रहार गर्दै बललाई पोस्टको दिशा दिएका हुन् ।


सन्तोषको यो तेस्रो गोल हो । मेन्जीको भने व्यक्तिगत गोल संख्या दुई पुगेको छ । पराजित चितवन भने अन्तिम स्थानमा रहेको छ र उसको चार खेलबाट दुई अंक मात्र छ । दोस्रो हारपछि चितवनको शीर्ष चारको सम्भावना अझ कमजोर भएको छ । यसको ठीक विपरिच विराटनगर र धनगढीको शीर्ष चारको सम्भावना भने बलियो बनेको छ ।

प्रकाशित : वैशाख २०, २०७८ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?