खेलाडी संक्रमित भएपछि कोलकाता र बेंगलोरको खेल स्थगित

एएफपी

अहमदावाद — इन्डियन प्रिमियर लिगले कोरोना भाइरस संक्रमणका कारण सोमबार पहिलोपटक खेल स्थगित गरेको छ । कडा सुरक्षाकाबीच रहेका दुई खेलाडी कोरोना संक्रमित भएको पाइएको हो ।

खेलाडी संक्रमित भएपछि कोलकाता र बेंगलोरको खेल स्थगित

कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरको खेल रोकिएको हो । संक्रमित पाएका खेलाडीमा वरुण चक्रवर्ती र सन्दीप वारियर रहेका छन् । दुवै कोलकाताका खेलाडी हुन् ।

भारतमा कोरोना महामारीको प्रकोप चर्किरहेको बेला पनि प्रतियोगिता भएको भन्दै आचोलना भइरहेको बेला दुई खेलाडीको संक्रमणको समाचार बाहिर आएको हो ।

यो घटनाले अक्टोबर र नोभेम्बरबीच भारतमा हुने ट्वान्टी ट्वान्टी विश्वकपबारे पनि प्रश्न उठेको छ ।

प्रकाशित : वैशाख २०, २०७८ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?