कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाल सुपर लिग : ललितपुरलाई अर्को धक्का, पोखरासँग बराबरी

काठमाडौँ — नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीले आइतबार पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको छ । ललितपुरको यो तेस्रो बराबरी हो । यससँगै शीर्ष चारमा स्थान बनाउने सम्भावनामा अर्को धक्का पुगेको छ ।

नेपाल सुपर लिग : ललितपुरलाई अर्को धक्का, पोखरासँग बराबरी

चार खेलबाट उसको तीनै अंक मात्र छ र अहिलेसम्म जितहीन छ । यस्तोमा ललितपुर पुछारबाट दोस्रो स्थानमा छ । लिग चरणमा अब उसका दुई खेल मात्र बाँकी छ र त्यसमा राम्रो नतिजाका लागि चर्को दबाबमा रहनेछ ।


ललितपुरले यही खेलबाट नाइजेरियाली खेलाडी पिटर सेगुनलाई डेब्युको अवसर दियो । पोखरा भने चार खेलबाट पाँच अंकसहित तेस्रो स्थानमा उक्लियो । तर उसलाई पनि बराबरीले फाइदा गर्ने छैन ।

पूरा खेलको एक मात्र सबैभन्दा राम्रो अवसर ललितपुरको नाममा रह्यो । ५१ मिनेटमा कप्तान अन्जन विष्टले विपक्षी गोलरक्षक दीप कार्कीलाई बिट गरेर खाली पोस्टमा गरेको प्रहारलाई अजित भण्डारीले गोल लाइनको केही अगाडिबाट क्लियर गरेका थिए ।

प्रकाशित : वैशाख १९, २०७८ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?