कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एभरटनलाई भिल्लाको धक्का

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिगमा एभरटन शनिबार घरेलु मैदानमा एस्टन भिल्लासँग २–१ ले पराजित भयो । यससँगै उसको युरोपमा खेल्ने अभियानमा ठूलो धक्का लागेको छ ।

एभरटनलाई भिल्लाको धक्का

अनवर अल गाजीले भिल्लाका लागि दोस्रो हाफमा निर्णायक गोल गरे । यो हारपछि एभरटन ५२ अंकसाथ आठौं स्थानमा रह्यो । भिल्ला भने ४८ अंकसाथ उसको ठिक पछाडि नवौं स्थानमा उक्लेको छ । यसअघि म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई २–० ले हराएर लिग उपाधिको नजिक पुग्यो । सिटीले दोस्रो हाफमा ८३ सेकेन्डको अन्तरमा दुई गोल गरेको थियो । अब आइतबारको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा लिभरपुलविरुद्ध पराजित रहे सिटीले पछिल्ला चार सिजनमा तेस्रोपल्ट लिग जित्नेछ ।

सेलहस्र्ट पार्कमा भएको पहिलो हाफको खेल बराबरीमा टुंगेपछि सर्जियो रेगुरोले ५७ औं मिनेटमा पहिलो गोल गरे । लगत्तै फेरान टोरेसले दोस्रो गोल थपे । सिटीको ३४ खेलबाट ८० अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको भने ६७ अंक छ ।

प्रकाशित : वैशाख १९, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?