एट्लेटिकोको हारले ला लिगामा उपाधि होड खुल्ला

एजेन्सी

म्याड्रिड — एट्लेटिको म्याड्रिड आइतबार स्पेनी ला लिगामा एथलेटिको बिलबाओको हातबाट २–१ ले पराजित भयो र यसले लिग उपाधिको होड अझ खुल्ला भएको छ ।

एट्लेटिकोको हारले ला लिगामा उपाधि होड खुल्ला

बिलबाओका लागि इनिगो मार्टिनेजले खेल सकिन चार मिनेट आगाडि निर्णायक गोल गरे ।

लिग तालिकामा एट्लेटिको ३३ खेलबाट ७३ अंकमा शीर्ष स्थानमा छ ।तर उसको पछाडि रियल म्याड्रिड र बार्सिलोना समान ७१ अंकमा छ । यस्तै चौथो स्थानमा रहेको सेभियाको ७० अंक छ । यसमध्ये बार्सिलोनाले एक खेल कम खेलेको छ ।

आइतबारको सुरुआती खेलमा बार्सिलोनाले भिल्लारियललाई २–१ ले हराएको थियो ।

प्रकाशित : वैशाख १३, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?