कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंको विजयी सुरुआतमा विदेशी खेलाडी हाबी

नेपाल सुपर लिग

काठमाडौँ — काठमाडौं रेजर्सले नेपाल सुपर लिगमा शनिबार विजयी सुरुआत लिएको छ र यसमा विदेशी खेलाडी हाबी रह्यो । काठमाडौंले ललितपुर सिटी एफसीमाथि दशरथ रंगशालामा प्राप्त गरेको १–० जितमा मेसौके ई ओलउमउले निर्णायक गोल गरे । छोटो समयको तयारीका कारण दुवै टिमको प्रदर्शन अपेक्षा अनुसारको रहेन ।

काठमाडौंको विजयी सुरुआतमा विदेशी खेलाडी हाबी

खेलमा दुवै टिमका जति पनि खेलाडी केही हदसम्म छाए, ती सबै विदेशी नै रहे । दुवै टिममा खेलाडीबीच ठीक समन्वय देखिएन । खेलको एक मात्र गोल ६६ औं मिनेटमा भएको थियो र यो ओलउमउले गरे । अर्का विदेशी खेलाडी स्टेफन समिरको सुरुआत प्रहार ललितपुरका गोलरक्षक अर्पण कार्कीले छोएर रिबाउन्ड भएपछि ओलउमउले बललाई पोस्टको दिशा दिए ।

काठमाडौं यसभन्दा बढी गोल अन्तरले जित्नु पर्ने थियो, तर गोलरक्षक अर्पणले केही उत्कृष्ट बचाउ गरे । यसमध्ये ६२ औं मिनेटमा मेसौकेकै प्रहारलाई अर्पणले गोल हुन दिएनन् । पहिलो हाफमा ३३ औं मिनेटमा समिरको कडा प्रहार पोस्टमा लागेर फर्केको थियो । यो नै पहिलो हाफको सबैभन्दा उल्लेखनीय क्षण रह्यो ।

ललितपुरले बुनेको एक मात्र सटिक आक्रमण ७१ औं मिनेटमा नुरुलान जाहिदको थियो । तर उनले काठमाडौंका गोलरक्षक विकेश कुथुविरुद्ध ‘वान भर्सेस वान’ मा बललाई पोस्टका दिशा सकेनन् । यसमा विकेशको बचाउ निर्णायक सावित भयो । काठमाडौंले भने यो जितसँगै अंक तालिकाका सुरुआती अग्रता पनि लिएको छ ।

आइतबारको खेल

विराटनगर सिटी एफसीविरुद्ध धनगढी एफसी

पोखरा थन्डर्सविरुद्ध बुटवल लुम्बिनी एफसी

प्रकाशित : वैशाख ११, २०७८ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?