डायमन्डले लियो आर्मीसँग बदला

काठमाडौँ — न्यु डायमन्ड स्पोर्ट्स क्लब भोटेकोसी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ ।

डायमन्डले लियो आर्मीसँग बदला

समूह ‘ए’ मा रहेको न्यु डायमन्डले बुधबार त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराएपछि अन्तिम चारको यात्रा सहज बनेको हो । डायमन्डले एनभीए कपमा आर्मीसँग भोगको हारको बदला लिएको छ ।

न्यु डायमन्डले बिहीबार ढोरपाटन स्पोर्ट्स क्लबसँग अन्तिम लिग खेल खेल्नेछ । भोटेकोसी गाउँपालिका–२ स्थित तातोपानी आधारभूत विद्यालयको कोर्टमा डायमन्डले २५–१४, २५–९, २५–१४ को जित निकाल्यो । झरना श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भइन् । उनले २ हजार रुपैयाँ हात पारिन् । झरनाको खेलबाट प्रभावित भएका भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले व्यक्तिगत ५ हजार प्रदान गरे ।

प्रतियोगिताको राखेप सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गर्दै भलिबलको विकासका लागि फ्रेन्चाइज लिग आवश्यक भएकाले निकट भविष्यमै महिला र पुरुषको ठूलो पुरस्कार राशिको भलिबल लिग गरिने बताए । भोटेकोसीका अध्यक्ष राजकुमार पौडेलले सिन्धुपाल्चोकमा पहिलोपल्ट राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता भएकाले यसलाई निरन्तरता दिने बताए । ५ टोलीले भाग लिएको प्रतियोगिता विजेताले ३ लाख, दोस्रोले २ लाख र तेस्रो हुनेले १ लाख नगद पुरस्कार पाउनेछन् ।

प्रकाशित : वैशाख ९, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?