हैदराबादको पहिलो जित

एजेन्सी

चेन्नई — सनराइजर्स हैदराबादले बुधबार इन्डियन प्रिमियर लिग २०२१ (आईपीएल) मा पहिलो जित निकालेको छ । यसका लागि हैदराबादले पन्जाब किंग्सलाई ९ विकेटले सजिलै हरायो ।

हैदराबादको पहिलो जित

चार खेलयता हैदराबादले पहिलो जित आत्मसात गरेको हो । टोलीले २ अंक जोडेको छ । पन्जाब भने २ अंकसहित पुछारमा छ ।

जितका लागि १ सय २१ रनको लक्ष्य पाएको हैदराबादले ८ बल बाँकी छँदै सफलता पाएको हो । जोनी बेरिस्टोले अविजित ६३ रन बनाए । ५६ बल सामना गरेका उनी म्यान अफ द म्याच भए । उनले समान ३ चौका र छक्का प्रहार गरे । कप्तान डेविड वार्नरले ३७ रन बनाए । केन विलियम्सनले अविजित १६ रनको योगदान गरे । पन्जाबले भने १९.४ ओभर टिकेर १ सय २० रनमात्र बनाउन सक्यो । टोलीका कोही पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् ।

मयन्क अग्रवाल र शाहरूख खानले समान २२ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । अग्रवालले २ चौका र खानले २ छक्का प्रहार गरेका थिए । पन्जाबको इनिङ्समा खानबाहेक अरूले छक्का प्रहार गरेनन् । कप्तान केएल राहुल ४ रनमै आउट भए । हैदराबादबाट खलिल अहमदले ३ र अभिषेक शर्माले २ विकेट लिए ।

प्रकाशित : वैशाख ९, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?