सिटी इंग्लिस प्रिमियर लिग उपाधिको नजिक

एजेन्सी

लन्डन — म्यानचेस्टर सिटी बुधबार इंग्लिस प्रिमियर लिग उपाधिको नजिक पुगेको छ । उसले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ । उसले एस्टन भिल्लालाई २–१ ले हरायो ।

सिटी इंग्लिस प्रिमियर लिग उपाधिको नजिक

सिटीको ३३ खेलबाट ७७ अंक भएको छ । उसका लागि फिल फोडिन र रोड्रीले गोल गरे । भिल्लाले जोन म्याकगिनको गोलले अग्रता लिएको थियो । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३२ खेलबाट ६६ अंक रहेको छ ।

बुधबारको अर्को खेलमा टोटनहमले साउथह्याम्पटनलाई २–१ ले पराजित गर्‍यो । व्यवस्थापकमा जोसे मोउरिन्होलाई कर्खास्त गरेयता टोटनहमको यो पहिलो जित हो ।

प्रकाशित : वैशाख ९, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?