कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्टर १० अंकले अगाडि

एजेन्सी

मिलान — इन्टर मिलानले इटालियन सिरी एको शीर्ष स्थानमा बुधबार १० अंकको अग्रता खोलेको छ । यसका लागि उसले स्पेजियासँग १–१ को बराबरी खेल्यो ।

इन्टर १० अंकले अगाडि

स्पेजियाले डिएगो फारिसको गोलले अग्रता लिएपछि इन्टरका लागि इभान पेरिसिचले बराबरी गोल गरे ।

यसअघि दोस्रो स्थानमा रहेको एसी मिलान घरेलु मैदानमा ससुलोसँग २–१ ले पराजित भयो । इन्टरको ७६ अंक भएको छ भने मिलान ६६ अंकमा छ । यस्तै तेस्रो स्थानको युभेन्टसको ६५ अंक छ ।

युभेन्टसले अर्को खेलमा पार्मालाई ३–१ ले हरायो । एक गोलले पछाडि रहेको स्थितिमा युभेन्टसका लागि एलेक्स सान्ड्रोले दुई गोल गरे ।

प्रकाशित : वैशाख ९, २०७८ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?