कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कुशल भुर्तेल पहिलो पटक आईसीसी टी–२० क्रिकेटको वरीयतामा

रासस

काठमाडौँ — नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको वरीयतामा पर्न सफल भएका छन् । रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएपछि उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले वरीयतामा समावेश गरेको हो ।

कुशल भुर्तेल पहिलो पटक आईसीसी टी–२० क्रिकेटको वरीयतामा

भुर्तेल टी–२० को नयाँ वरीयतामा शीर्ष १०० खेलाडीको सूचीमा परेका छन् । उनी ९३ औँ स्थानमा रहेका छन् ।

भुर्तेल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत पर्न सफल भएका छन् । उनले तीन खेलमा १८५ रन बनाएका छन् । भुर्तेलले नदेरल्याण्ड्ससितको खेलमा दुई तथा मलेसियासितको खेलमा एउटा अर्धशतक बनाएका थिए । नेदरल्याण्ड्ससितको पहिलो खेलमा भुर्तेलले ६२ रन, मलेसियासितको खेलमा ६१ रन तथा नेदरल्याण्ड्ससितको दोस्रो खेलमा ६२ रन बनाएका थिए ।

यसैगरी मंगलबार आईसीसीले जारी गरेको नयाँ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ८३औँ स्थानमा परेका छन् । उनी यसअघिको वरीयतामा ७३औँ स्थानमा थिए । अभ्यासका क्रममा घाइते भएपछि खड्का हाल जारी त्रिदेशीय टी– २० क्रिकेट सिरिज खेल्न नपाएका हुन् ।

यस्तै बलिङतर्फ सन्दीप लामिछाने विश्व वरीयतामा ७७ औँ स्थानमा रहेका छन् । उनी यसअघि ८४औँ स्थानमा रहेका थिए । हाल जारी टी–२० सिरिजमा लामिछानेले तीन खेलमा ८ विकेट लिएका छन् । उनले नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा मंगलबार चार विकेट लिएका थिए ।

योसँगै लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् । टी–२० क्रिकेटमा उनले हालसम्म २४ खेलमा ४२ विकेट लिएका छन् । यसअघि टी–२० क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने कीर्तिमान करण केसीको नाममा थियो । उनले ३१ खेलमा ४१ विकेट लिएका छन्।

प्रकाशित : वैशाख ८, २०७८ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?