कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

एनएसएलमा अष्टांग बल

काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) ले अफिसियल बलका लागि भारतीय कम्पनी निभियासँग मंगलबार सम्झौता गरेको छ । यससँगै एनएसएलले ‘अष्टांग’ बल प्रयोग गर्ने भएको छ ।

एनएसएलमा अष्टांग बल

सम्झौतापत्रमा एनएसएलकी प्रमुख आश्रयता कार्की चौधरी र निभियाका उपमहाप्रबन्धक किशोर थापरले हस्ताक्षर गरे । गत सातामात्रै फिफाले अष्टांगलाई ‘म्याच बल’ को रूपमा मान्यता दिएको थियो ।

‘बहुवर्षीय सम्झौता गरेका छौं । एनएसलका लागि आवश्यक बल निभियाले उपलब्ध गराउने छ,’ एनएसएलका आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले भने । वैशाख ११ देखि हुने फ्रेन्चाइज फुटबल प्रतियोगितामा सात टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : वैशाख ८, २०७८ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?