१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुपर लिगबाट इंग्लिस क्लब फिर्ता

एजेन्सी

लन्डन — युरोपेली सुपर लिगमा सहभागी हुने निर्णय गरेका इंग्लिस प्रिमियर लिगका सबै छ क्लबले मंगलबार नाटकीय रूपमा आफ्नो नाम फिर्ता लिएका छन् । औपचारिक रूपमा म्यानचेस्टर सिटीले सबैभन्दा पहिले सुपर लिग नखेल्ने निर्णय गरेको हो ।

सुपर लिगबाट इंग्लिस क्लब फिर्ता

त्यसपछि चेल्सी, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र टोटनहमले पनि सुपर लिगमा सहभागी नहुने जनाए । यसअघि युरोपका १२ धनी र शक्तिशाली क्लबले आफ्नो छुट्टै सुपर लिग आयोजना गर्ने निर्णय गरेका थिए ।

यसको चर्को विरोधपछि इंग्ल्यान्डका छ क्लब प्रतियोगिताबाट नाम फिर्ता लिन बाध्य भएका हुन् । क्लब समर्थक, युरोपेली फुटबल महासंघ, फिफा र बेलायती सरकारको विरोधपछि यी छ क्लब एक्लिएका थिए ।

अझ आर्सनलले आफ्ना समर्थकलाई पत्र लेखी क्लबले गलत निर्णय गरेको भन्दै माफीसमेत मागेको छ । प्रतियोगितामा सहभागी हुने भनिएका अन्य छ क्लबमा स्पेनका बार्सिलोना, रियल म्याड्रिड र एटलेटिको म्याड्रिड तथा इटालीको इन्टर मिलान, एसी मिलान र युभेन्टस छन् ।

प्रकाशित : वैशाख ८, २०७८ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?