कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीएफलाई सफलता

बारा — वाग्मती युवा क्लब सर्लाहीविरुद्ध अतिरिक्त समयमा २–१ को कठिन जित निकाल्दै नेपाल एपीएफ फुटबल क्लब एघारौं जितपुर सिमरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

विराट गोल्डकपको उपाधि उचालेको दुई दिनपछि सिमरा रंगशालामा खेलेको एपीएफले जितका लागि अतिरिक्त समयसम्म संघर्ष गर्नुपर्‍यो । जितसँगै एपीएफले सर्लाहीमा राजर्षी जनक गोल्डकपमा आयोजक वाग्मती युवा क्लबसँग व्यहोरेको हारको बदला लिएको छ ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयको १४ औं मिनेटमा एपीएफका प्रदीप लामाले निर्णायक गोल गरे । यसअघि निर्धारित समयको ३२ औं मिनेटमा प्रदीपकै गोलबाट एपीएफले अग्रता लिएको थियो ।

५२ औं मिनेटमा सर्लाहीका नीरज थापामगरले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । एपीएफको जितमा दुई गोल गरेका प्रदीप लामाले म्यान अफ द म्याच भई पाँच हजार नगद र ट्रफी पाए । मंगलबार अन्तिम क्वाटरफाइनल संकटा क्लब र हेटौंडाको विजय युथ क्लबबीच हुनेछ ।


प्रकाशित : वैशाख ७, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?