कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लिड्ससँग लिभरपुलको बराबरी

एजेन्सी

लन्डन — डिएगो लोरेन्टले खेलको अन्त्यतिर गोल गरेपछि लिभरपुल इंग्लिस प्रिमियर लिगमा  लिड्स युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको छ । यो नतिजापछि लिभरपुलको शीर्ष चारको सम्भावनामा धक्का पुगेको छ ।

लिड्ससँग लिभरपुलको बराबरी

लिभरपुलले साडियो मानेको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । तर खेल सकिनु तीन मिनेटअगाडि लोरेन्टले बराबरी गोल फर्काए । लिभरपुल ५३ अंकसहित छैटौं स्थानमा रह्यो । लिड्स भने ४६ अंकमा दसौं स्थानमा छ ।

एलान रोडमा भएको खेलका क्रममा लिड्सका समर्थकले हालै प्रस्तावित युरोपेली सुपर लिगको विरोध गरेका थिए । त्यस प्रतियोगितामा लिभरपुलसँगै इंग्लिस प्रिमियर लिगका छ क्लबले खेल्ने जनाइसकेका छन् ।


प्रकाशित : वैशाख ७, २०७८ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?