कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

टोटेनहमबाट मोउरिन्हो बर्खास्त 

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिग क्लब टोटनहमले सोमबार आफ्ना व्यवस्थापक जोसे मोउरिन्होलाई बर्खास्त गरेको छ । क्लब सम्हालेको १७ महिनापछि पोर्चुगाली व्यवस्थापक बर्खास्तीमा परेका हुन् ।

टोटेनहमबाट मोउरिन्हो बर्खास्त 

सन् २०१९ मा मउरिन्होले मउरिसो पोचेटिनोको स्थान लिएका थिए । टिमको खराब लयपछि उनी बर्खास्तीमा परेको बताइएको छ । लिगमा सातौं स्थानमा रहेको टोटनहम हालै मात्र युरोपा लिगबाट पनि बाहिरिएको थियो ।

टोटनहमले मोउरिन्होसँग उनका सबै सहयोगीलाई पनि बर्खास्त गरेको छ । यो सिजन टोटनहमले लिगमा १० खेल गुमाइसकेको छ र उनको प्रशिक्षक खेल जीवनमा एकै सिजन यति धेरै खेल गुमाएको यो पहिलो पल्ट हो ।

प्रकाशित : वैशाख ६, २०७८ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?