कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बेंग्लोरको ह्याट्रिक

एजेन्सी

चेन्नई — रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिगमा लगातार तेस्रो खेल जितेको छ । उसले जितको ह्याट्रिकका लागि आइतबार कोलकाता नाइट राइडर्सलाई ३८ रनले हरायो ।

बेंग्लोरको ह्याट्रिक

बेंग्लोरको यो जितमा ग्लेन म्याक्सवेल र एबी डे भिल्लियर्सको आक्रामक अर्धशतक निर्णायक रह्यो ।

म्याक्सवेलले ४९ बलमा ७८ र डे भिल्लियर्सले ३४ बलमा ७६ रन बनाए । त्यसको मद्दतले बेंग्लोरले चार विकेटमा २ सय ४ रन बनायो । जवाफमा कोलकाताले नियमित अन्तरमा विकेट गुमायो र आठ विकेटमा १ सय ६६ रन मात्र बनाउन सक्यो । शुभमन गिल, राहुन त्रिपाठी र इयान मोर्गनले सुरुआत लिए पनि ठोस इनिङ्स खेल्न सकेनन् । लगातारको जितपछि कप्तान विराट कोहलीको बेंग्लोर अंक तालिकाको शीर्षस्थानमा रह्यो । कोलकाता भने पछिल्ला तीन खेलमध्ये दुईमा पराजित रहेको छ ।

शनिबार राति डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले आफ्नो दोस्रो जितका लागि सनराइज हैदराबादलाई १३ रनले हरायो । पहिले ब्याटिङ गर्दै मुम्बईले १ सय ५१ रनको लक्ष्य तयार पारेपछि त्यसको जवाफमा हैदराबादले १ सय ३७ रन मात्र बनाउन सक्यो । हैदराबाद १९.४ ओभरमा अलआउट भएको थियो । उसका लागि जोनी बियरस्टोले सर्वाधिक ४३ रन बनाए तर यो निर्णायक हुन सकेन । मुम्बईका क्विन्टन डे ककले ४० रन बनाए ।

प्रकाशित : वैशाख ६, २०७८ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?