कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एटलेटिको आइबरमाथि ५–० ले विजयी

एजेन्सी

म्याड्रिड — एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा आइतबार आइबरमाथि ५–० को अन्तरले जित निकालेको छ । यो जितपछि एटलेटिको ७० अंकसाथ शीर्ष स्थानमा कायम रह्यो ।

एटलेटिको आइबरमाथि ५–० ले विजयी

उसका लागि मार्कोस लोरेन्टले दुई गोल गरे । लिगमा उसले सात चरणका खेल खेल्न बाँकी रहेका बेला दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि तीन अंकको अग्रता लिएको छ ।

एटलेटिकोको ३१ खेलबाट ७० अंक छ । रियलले अर्को खेलमा गेटाफेसँग गोलरहित बराबरी खेल्यो ।

प्रकाशित : वैशाख ६, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?