३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

लेस्टर एफए कपको फाइनलमा

एजेन्सी

लन्डन — लेस्टर सिटीले साउथह्याम्पटनलाई १–० ले हराएर आइतबार एफए कपको फाइनलमा प्रवेश गरेको छ । अब लेस्टरले सन् १९६९ यता पहिलोपल्ट वेम्बलीमा हुने फाइनल खेल्नेछ ।

लेस्टर एफए कपको फाइनलमा

उसका लागि केलेची इहेनाचोले दोस्रो हाफमा निर्णायक गोल गरे । लेस्टरले ठूला प्रतियोगिताको फाइनल खेल्न लागेको यो सन् २००० यता पहिलोपटक हो । त्यस वर्ष उसले लिग कप जितेको थियो । फाइनलमा लेस्टरले चेल्सीको सामना गर्नेछ ।

यता इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३–१ ले हराउँदै शीर्ष स्थानमा म्यानचेस्टर सिटीसँगको दूरी आठ अंकमा छोट्यायो । म्यानचेस्टरको ३२ खेलबाट ६६ अंक भएको छ । सिटीको भने समान खेलबाट ७४ अंक छ । म्यानचेस्टरका लागि मेसन ग्रिनउडले दुई तथा एडिसन कभानीले एक गोल गरे । बर्नलीका तर्फबाट जेम्स टारकोवस्कीले एक गोल फर्काए ।

प्रकाशित : वैशाख ६, २०७८ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?