सिटीलाई हराएर चेल्सी एफए कपको फाइनलमा

एजेन्सी

लन्डन — चेल्सीले  शनिबार म्यानचेस्टर सिटीलाई १–० ले हराएर एफए कपको फाइनल यात्रा तय गरेको छ । यससँगै सिटीको यस सिजन चार उपाधि जित्ने ऐतिहासिक सम्भावना समाप्त भएको छ ।

सिटीलाई हराएर चेल्सी एफए कपको फाइनलमा

पछिल्लो मध्यसाता मात्र दुवै टिमले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएका थिए । सिटीसामु अब इंग्लिस प्रिमियर लिग, च्याम्पियन्स लिग र लिग कप जित्ने सम्भावना कायम छ ।

चेल्सीको जितमा हाकिम जियेचले ५५औं मिनेटमा निर्णायक गोल गरे । अब चेल्सीले फाइनलमा लेस्टर सिटी र साउथह्याम्प्टनबीच हुने अर्को सेमिफाइनल विजेताको सामना गर्नेछ ।

त्यस्तै इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेड शनिबार उल्भ्सविरुद्धको खेलमा १–० ले पराजित भई रेलिगेसनमा परेको छ । उल्भ्सको जितमा विलियन जोसले गोल गरे ।

अर्को खेलमा न्युकासल युनाइटेडले वेस्ट ह्यामलाई ३–२ ले हरायो ।

प्रकाशित : वैशाख ५, २०७८ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?