कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

नेपालले सुरुवातमै लियो नेदरल्यान्ड्सको महत्त्वपूर्ण २ विकेट

सन्दीप र सोमपालले लिए १-१ विकेट

काठमाडौँ — त्रिकोणात्मक ट्वान्टी-२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले सुरुवातमै नेदरल्यान्ड्सको २ विकेट लिएको छ ।

नेपालले सुरुवातमै लियो नेदरल्यान्ड्सको महत्त्वपूर्ण २ विकेट

नेपालका लागि सुरुमै सन्दीप लामिछाने र सोमपाल कामीले एक- एक विकेट लिएका हुन् । नेपालका लागि सन्दीले दोस्रो ओभरको अन्तिम बलका म्याक्स ओडोवड र सोमपालले तेस्रो ‌ओभरो चौथो बलमा बेन कुपरको विकेट लिएका हुन् । दुवै एलबीडब्लू आउट भएका हुन् । कुपर शून्यमा आउट भए भने म्याक्सले २ चौकासहित १० रन बनाएका थिए ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेपछि प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ब्याटिङका निम्ति बोलाएका हुन् ।

पूर्व कप्तान पारस खड्काबिना उत्रिरहेको नेपालले आसिफ शेख, कुशल भुर्तेल र शाहब आलमलाई डेब्यु क्याप दिएको छ । नेपाली टोलीको प्लेयिङ ११ मा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, अविनाश बोहरा, सोमपाल कामी, कुशल भुर्तेल, शाहब आलम र आसिफ शेख छन् ।

तस्बिरहरु : हेमन्त श्रेष्ठ/कान्तिपुर

नेदरल्यान्ड्सले नेपालमा आएर पहिलो पटक खेल्दै छ । प्रतियोगिताको अर्को टोली मलेसिया रहेको छ ।

प्रकाशित : वैशाख ४, २०७८ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?