कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पारस खड्काले त्रिकोणात्मक सिरिज गुमाउने

काठमाडौँ — पारस खड्काले शनिबारदेखि सुरु हुने त्रिकोणात्मक सिरिज गुमाउने भएका छन् । आइतबार भएको अभ्यासमा बल क्याच गर्ने बला उनको दायाँ पाखुरामा समस्या देखिएको थियो ।

पारस खड्काले त्रिकोणात्मक सिरिज गुमाउने

पारसलाई चिकित्सकले २ देखि ३ हप्ता आराम र थेरापी गर्न सल्लाह दिएका छन् । उनले आफूले प्रतियोगिता गुमाए पनि नेपाली टिमले प्रतियोगिता जित्नेमा विश्वस्त रहेको बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले वैशाख १ त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको थियो । क्यानले बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो ।

टोलीमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् । त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छनोट भएका छन् ।

नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही वैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् ।

प्रकाशित : वैशाख ३, २०७८ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?