कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

युरोपा लिग : म्यानचेस्टर र आर्सनल अन्तिम चारमा

एजेन्सी

पेरिस — इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले बिहीबार युरोपा लिगको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएका छन् । यस्तै रोमा र भिल्लारियल पनि प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

युरोपा लिग : म्यानचेस्टर र आर्सनल अन्तिम चारमा

सेमिफाइनलमा म्यानचेस्टरले रोमा र आर्सनलले भिल्लारियलको सामना गर्नेछन् । म्यानचेस्टरले अन्तिम आठको दोस्रो लेगमा ग्रेनेडालाई २–० ले हराउँदै समग्रमा ४–० को अग्रता लियो ।

म्यानचेस्टरले दोस्रो लेगमा प्राप्त गरेको जितमा एडिसन कभानीले एक गोल गरे । अर्को गोल आत्मघाती रह्यो । आर्सनलले भने स्लाभिया प्रागलाई ४–० ले हराउँदै समग्रमा ५–१ को ठोस अग्रता लियो ।

पहिलो लेग १–१ को बराबरीमा थियो । दोस्रो लेगमा आर्सनलका लागि एलेक्जान्डर लेकाजेटले दुई गोल गरे । यस्तै रोमाले आयाक्ससँग १–१ को बराबरी खेल्दै समग्रमा ३–२ ले अगाडि रह्यो । भिल्लारियलले डायनामो जागरेभलाई २–१ ले हराएर समग्रमा ३–१ ले अगाडि रह्यो ।

प्रकाशित : वैशाख ३, २०७८ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?