कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सिमरामा आर्मीको जित

लक्ष्मी साह

बारा — एघारौं जीतपुरसिमरा गोल्डकप फुटबलमा बी डिभीजन क्लब वीरगन्ज युनाइटेडविरुद्ध त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । 

सिमरामा आर्मीको जित

सिमरा रंगशालामा बुधबार फ्लडलाइटमा सम्पन्न खेलमा नयाँ खेलाडीसहित मैदान उत्रिएको आर्मीले ४–१ गोलको फराकिलो जित निकाल्यो । आर्मीको पहिलो रोजाइको टिम एएफसी कपको छनोट खेल्न गोवा गएको छ । धेरैजसो दोस्रो रोजाइका खेलाडी रहेको आर्मीको जितमा जर्जप्रिन्स कार्कीले २, सन्तोष केसी र सुशान्त चौधरी १–१ गोल गरेका थिए ।

खेलको १४ औं मिनटमा सन्तोष केसीको गोलबाट अग्रता लिएको आर्मीले पहिलो हाफमै ३–१ को अग्रता बनायो । घरेलु दर्शकको समर्थन पाएको वीरगन्जविरुद्ध आक्रामक बनेको आर्मीबाट ४१ औं मिनटमा जर्जप्रिन्सले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयमा सुशान्तको गोलबाट आर्मीले अग्रता बलियो पार्दा वीरगन्जका समर्थक निराश भएका थिए । दोस्रो हाफमा सम्हालिन नपाउँदै वीरगन्जविरुद्ध जर्जप्रिन्सले अर्को गोल थपे । उनले ४८ औं मिनटमा सुशान्तको क्रसपासमा गोल गरेका हुन् । ४–० ले पछि परेको वीरगन्जका लागि ६१ औं मिनेटमा चतुर्धन चौधरीले गोल गरे पनि टोली खेलमा फर्कन सकेन । स्थानीय खेलाडी समेटेर मैदान उत्रिएको वीरगन्ज आर्मीसामु निरीह बन्दै बाहिरियो ।

खेलमा वीरगन्जले बनाएका केही आकर्षक अवसर आर्मीका गोलरक्षक महेश्वर श्रेष्ठले विफल पारेका थिए । म्यान अफ द म्याच जर्जप्रिन्स कार्की घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । बिहीबार भरतपुर फुटबल क्लब चितवन र वाग्मती युवा क्लब सर्लाहीबीच खेल हुने आयोजक नवजनजागृति युवा क्लब सिमराले जनाएको छ ।

प्रकाशित : वैशाख २, २०७८ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?