रियल र सिटी सेमिफाइनलमा

एजेन्सी

पेरिस — रियल म्याड्रिड र म्यानचेस्टर सिटीले बुधबार युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गरेका छन् । रियलले अन्तिम आठको दोस्रो लेगको खेलमा लिभरपुललाई उसकै घरेलु मैदानमा गोलरहित बराबरीमा रोक्न सफल रह्यो ।

रियल र सिटी सेमिफाइनलमा

यो नतिजापछि रियल समग्रमा ३–१ ले अगाडि रह्यो । एनफिल्डमा भएको खेलमा लिभरपुलले केही राम्रा अवसर गुमाएपछि रियललाई दबाबमा राख्न सकेन ।

अर्को खेलमा सिटीले बोरुसिया डर्टमुन्डलाई दोस्रो लेगमा २–१ ले हराउँदै समग्रमा ४–२ को अग्रता लियो । सिटी च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको यो दोस्रो पटक हो ।

डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा सिटी सुरुमा एक गोलले पछाडि परे पनि रियाद मेहरेज र फिल फोडेनले गोल फर्काए । डर्टमुन्डका लागि जुड बेलिंघमले गोल गरे । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । रियलले चेल्सी तथा सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछन् ।

प्रकाशित : वैशाख २, २०७८ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?