कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

राजर्षि जनक कपको उपाधि हेटौंडाको पिप्ले युवालाई

ओमप्रकाश ठाकुर

सर्लाही — प्रदेश दुईको सर्वाधिक धनराशिको पाँचौ राजर्षि जनककप फुटबलको उपाधि हेटौंडाको पिप्ले युवा क्लबले चुमेको छ ।

राजर्षि जनक कपको उपाधि हेटौंडाको पिप्ले युवालाई

सर्लाहीको वाग्मतीस्थितसन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा आयोजक वाग्मती नगरपालिकालाई सडन डेथमा ५–४ ले पराजित गर्दै प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको पिप्लेले चुमेको हो । जितसँगै पिप्लेले १० लाख रुपैयाँ सहित ट्रफी उचालेको हो ।

निर्धारित समयको खेल ३–३ गोलले बराबरी भएपछि खेल सिधै टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पहिलो पटक दुवै टीमका पाँच–पाँच जना खेलाडीले गरेको गोलको प्रयास ४–४ ले बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो । टाईब्रेकरमा विजेता पिप्लेका लागि कप्तान साहिद, राजेन्द्र रावल, समिर राज थोकर, इब्राहिम र ग्लोरीले गोल गरे ।

उपविजेता वाग्मतीका लागि कप्तान विजय घलान, रितिक खड्का, करण रावत र स्टिफेनले गोल गरे ।

सडन डेथमा पिप्लेका एक खेलाडीले मात्र बललाई जाली चुमाउन सफल भएपछि पिप्लेले उपाधि चुम्न सफल भएको हो । टाईब्रेकरमा पिप्लेका लागि निर्णायक गोल विदेशी खेलाडी ग्लोरीले गर्न सफल भयो ।

प्रतियोगितामा विपक्षीबाट पटकपटक गोलका लागि गरेको प्रयास वाग्मतीका अरुण ब्लोनले जोगाएका हुनाले उनी नै उत्कृष्ट गोलकिपर बन्न सफल भए । उनले २० हजार रुपैयाँ हात पारे । सर्वाधिक गोलकर्ता आयोजक वाग्मतीका स्टिफेन चुनिए । उनले प्रतियोगितामा ४ गोल गरेका थिए । उत्कृष्ट डिफेन्डरमा पिप्लेका शाहिद भए । उत्कृष्ट मिडफिल्डर पिप्लेकै राजेन्द्र रावल भए ।

यस्तै प्रशिक्षकमा पिप्ले युवा क्लबकै सुविन घिमिरे उत्कृष्ट घोषित भए । उत्कृष्ट घोषित सबैले जनही २० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताका उत्कृष्ट खेलाडी बाग्मतीका विजय घलान घोषित भए । उनले ५१ हजार रुपैयाँ पुरस्कार पाए । वाग्मती राइजिङ अफ द इयर प्लेयर घरेलु टोली बागमतीका गोल किपर अरुण ब्लोन भए । उनले १५० सीसीको बजाजको पल्सर मोटरसाइकल पाएका छन् ।

प्रकाशित : चैत्र ३०, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?