कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

केबीए स्प्रिङमा दिपन पहिलो

काठमाडौँ — दिपन गायकले फाइनलमा अश्विन जालनलाई २१–१७ र २१–१७ ले हराएर ‘केबीए च्याम्पियनसिप २०२१ स्प्रिङ’ मा पुरुष सिंगलतर्फ पहिलो भएका छन् ।

केबीए स्प्रिङमा दिपन पहिलो

काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) द्वारा आयोजित दुई दिने प्रतियोगितामा पुरुष सिंगलतर्फ बबिश थापा र उत्सव राजभण्डारी तेस्रो भए । सात खेलाडी सहभागी यस स्पर्धा लिग कम नकआउटको आधारमा सञ्चालन गरिएको थियो । अरु तीन स्पर्धामा भने राउन्ड रोबिन लिगको आधारमा विजेताको टुंगो लगाइएको थियो ।

महिला सिंगलमा लिगका तीनै खेल जितेर अदिती राई पहिलो भइन् । यसमा क्षितिज बुढाथोकी दोस्रो र प्रशंसा थापा तेस्रो भए । त्यस्तै, मिक्स यू-९ (बालक र बालिका दुवैलाई खेलाइएको) मा शिवांश तातेर शतप्रतिशत जितसहित पहिलो भए भने काश्वी थापा दोस्रोमा रहिन् । साजिया महर्जन र अदिप थपलिया तेस्रो भए ।

ब्वाइज यू-१२ तर्फ लिगका तीनै खेलमा सफलता हात पारेका प्रज्वल श्रेष्ठले पहिलो स्थान हात पारे । तत्सव ढकाल दोस्रो भए भने असल क्षत्री र विषारद पाण्डे तेस्रोमा रहे । बुल्स इन्डोर स्पोर्ट्स हल, नक्खुमा आयोजत प्रतियोगितामा एकेडेमीमा ट्रेनिङ गरिरहेका कुल २४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : चैत्र ३०, २०७७ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?