१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपाल सुपर लिग : पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने [खेल तालिकासहित]

काठमाडौँ — नेपाल स्पोर्टस म्यानेजमेन्टले वैशाख ११ देखि सुरु हुने फ्रान्चाज फुटबल नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक गरेको छ ।

नेपाल सुपर लिग : पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने [खेल तालिकासहित]

पहिलो खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी क्लब भिड्ने छन् । प्रतियोगिता दशरथ रंगशालामा हुनेछ र सुरुमा राउन्ड रोबिनको आधारमा खेल हुनेछन् ।

वैशाख २५ सम्म हुने प्रतियोगिताको लिग चरणको अन्त्यमा इलिमिनेटर पनि राखिएको छ । त्यस अनुसार सुरुमा शीर्ष दुई स्थानमा रहने टिमबीच खेल हुनेछ । लगतै तेस्रो र चौथो स्थानबीच खेल हुनेछ ।

त्यसमा विजयी टिमले शीर्ष दुई टिमबीचको खेलमा पराजितको सामना गर्नेछ । प्रतियोगितामा सात टिमको सहभागिता रहेको छ । त्यसमा काठमाडौं र ललितपुरसँगै विराटनगर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

यस्तो छ खेल तालिका :

प्रकाशित : चैत्र ३०, २०७७ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?