इन्टरलाई शीर्ष स्थानमा ११ अंकको अग्रता- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्टरलाई शीर्ष स्थानमा ११ अंकको अग्रता

एजेन्सी

मिलान — इन्टर मिलानले इटालीको सिरी ए को शीर्ष स्थानमा आइतबार ११ अंकको अग्रता बनाएको छ । माटेओ डारमिनले निर्णायक गोलमा इन्टरले कागलिरीलाई १–० ले हराएको हो ।

तस्बिर : रोयटर्स


सन् २००९–२०१० यता पहिलो लिग उपाधि जित्ने संघारमा पुगेको एन्टोनियो कोन्टेको इन्टरलाई अब यसका लागि अन्तिम आठ खेलबाट १६ अंक आवश्यक पर्नेछ ।

लिग तालिकाको इन्टरको ७४ अंक छ भने एसी मिलान ६३ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित : चैत्र ३०, २०७७ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्

टोटनहमविरुद्ध म्यानचेस्टरको उत्कृष्ट पुनरागमन

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आइतबार टोटनहममाथि उत्कृष्ट पुनरागमन गर्दै ३–१ को जित निकालेको छ । हारले टोटनहमको शीर्ष चारको सम्भावना अझ कमजोर बनेको छ ।

टोटनहमले सन ह्वेङ–मिनको गोलमा अग्रता लिएको थियो । त्यसपछि म्यानचेस्टरका तर्फबाट फ्रेड, एडिसन कभानी र मेसन ग्रिनउडले गोल गरे । यो जितपछि म्यानचेस्टर ६३ अंकसहित दोस्रो स्थानमा रह्यो ।

अर्को खेलमा आर्सनलले पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई सजिलै ३–० ले पराजित गर्‍यो । त्यसमा एलेक्जान्डर लेकाजेटले दुई गोल गरे । अर्को गोल ग्याब्रिएल मार्टिनेलीको नाममा रह्यो ।

प्रकाशित : चैत्र ३०, २०७७ ०६:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×