१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

टोटनहमविरुद्ध म्यानचेस्टरको उत्कृष्ट पुनरागमन

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आइतबार टोटनहममाथि उत्कृष्ट पुनरागमन गर्दै ३–१ को जित निकालेको छ । हारले टोटनहमको शीर्ष चारको सम्भावना अझ कमजोर बनेको छ ।

टोटनहमविरुद्ध म्यानचेस्टरको उत्कृष्ट पुनरागमन

टोटनहमले सन ह्वेङ–मिनको गोलमा अग्रता लिएको थियो । त्यसपछि म्यानचेस्टरका तर्फबाट फ्रेड, एडिसन कभानी र मेसन ग्रिनउडले गोल गरे । यो जितपछि म्यानचेस्टर ६३ अंकसहित दोस्रो स्थानमा रह्यो ।

अर्को खेलमा आर्सनलले पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई सजिलै ३–० ले पराजित गर्‍यो । त्यसमा एलेक्जान्डर लेकाजेटले दुई गोल गरे । अर्को गोल ग्याब्रिएल मार्टिनेलीको नाममा रह्यो ।

प्रकाशित : चैत्र ३०, २०७७ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?