कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानचेस्टरको सहज जित, आर्सनल बराबरीमा

एजेन्सी

पेरिस — म्यानचेस्टर युनाइटेडले युरोपा लिग सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन बिहीबार ग्रेनेडालाई उसकै घरमा सजिलै हराएको छ । अन्तिम आठको पहिलो लेगको खेलमा म्यानचेस्टर २–० ले विजयी भएको हो ।

म्यानचेस्टरको सहज जित, आर्सनल बराबरीमा

मार्कस रसफोर्डको गोलले अग्रता लिएको म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेसले अन्त्यतिर पेनाल्टीमा दोस्रो गोल थपे ।

अर्को इंग्लिस प्रिमियर लिग क्लब आर्सनल भने घरमा स्लाभिया प्रागको हातबाट १–१ को बराबरीमा रोकियो ।

आर्सनलले निकोलस पेपेको गोलले अग्रता लिए पनि खेलको ९० औं मिनेटमा प्रागले महत्त्वपूर्ण बराबरी गोल फर्काएको हो । थोमस होल्सयो अवे गोल गरेका हुन् ।अन्तिम आठ पहिलो लेगका अन्य खेलमा एएस रोमाले आयाक्यसलाई २–१ र भिल्लारियलले डायनामो जागरेभलाई १–० ले हराएको छ ।

प्रकाशित : चैत्र २७, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?