१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

किक बक्सिङ आजदेखि

काठमाडौँ — ठूलो नगद पुरस्कार राशिको वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ बिहीबारदेखि ललितपुर चापागाउँमा हुने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा हुने प्रतियोगिताको पुरस्कार राशि ९ लाख ५७ हजार रुपैयाँ रहेको छ । राखेपका पूर्वकोषाध्यक्ष तथा प्रतियोगिता संयोजक मीनकृष्ण महर्जनले करिब ३ सय ५० खेलाडीले भाग लिने जानकारी गराए ।

पुरुषमा ७ र महिलामा ५ गरी जम्मा १२ स्पर्धामा भिडन्त हुनेछ । पुरुषमा ५०, ५५, ६०, ६५, ७०, ७५ केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा ५०, ५५, ६०, ६५ केजी र खुला तौलमा खेल हुनेछ । पुरुष/महिलाको प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रो हुने दुई खेलाडीले जनही ८ हजार पुरस्कार प्राप्त गर्नेछन् । समग्रमा टिम च्याम्पियन बन्नेले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पुरस्कार पाउनेछन् ।

प्रकाशित : चैत्र २६, २०७७ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?