कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पाँचौं विराट गोल्डकप आजदेखि

विराटनगर — विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं संस्करण बिहीबार सुरु हुँदै छ । विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम विराटनगर–११ र युनाइटेड फुटवल क्लव सिक्किमबीच प्रतिस्पर्धा हुनेछ ।

वैशाख ४ सम्म हुने प्रतियोगिताका सब खेल साँझमा हुनेछन्। शहिद मैदानमा स्थायी फ्लडलाइट जडान गरिएको छ । प्रतियोगिताका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

तीन विदेशी टिमसहित १० टिमको सहभागिता रहने र प्रतियोगितामा सहभागी सबै टिमले म्याच फी पाउनेछन् । प्रतियोगितामा मनाङ मर्स्याङदी, मछिन्द्र, संकटा, ब्वाइज युनियन, एपीएफ, नेपाल पुलिस, गोरखा ब्वाइज क्लबसहित भारतको पन्जाब पुलिस क्लब, सिक्किम र अफ्रिकन क्यामरुन टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

विजेताले १५ लाख १५ हजार, उपविजेताले ७ लाख ५१ हजार, प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल, हरेक खेलका म्यान अफ द म्याचले १० हजार, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, हाइस्कोरर, टिम व्यवस्थापक र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन । पहिलो म्याच खेलेर बाहिरिनेले ३० हजार, क्वाटरफाइनलवाट बाहिरिनेले ५० हजार र सेमिफाइनल पराजित टिमले ७५ हजार म्याच फी पाउनेछन् ।

प्रकाशित : चैत्र २६, २०७७ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?