कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

इन्टर सिरी ए उपाधि नजिक

एजेन्सी

मिलान — इन्टर मिलानले बुधबार इटालीको सिरी ए मा ससुलोलाई २–१ ले हराएर लिग उपाधिको नजिक पुगेको छ । यो जितपछि उसले शीर्ष स्थानमा ११ अंकको ठोस अग्रता लिएको छ ।

इन्टर सिरी ए उपाधि नजिक

एन्टोनियो कोन्टेको टिमका लागि रामेलु लुकाकु र लउटारो मार्टिनेजले गोल गरे । हामेड ट्राओरले ससुलोका लागि एक गोल फर्काए । अर्को खेलमा युभेन्ट्सले नेपोलीलाई समान २–१ ले हरायो र तेस्रो स्थानमा उक्लिन सफल रह्यो ।

युभेन्ट्स तेस्रो स्थानमा छ र दोस्रोमा रहेको एसी मिलान भन्दा एक अंकले मात्र पछाडि छ । तर युभेन्ट्स आफै इन्टर भन्दा १२ अंकको ठूलो अन्तरले पछाडि छ ।

लिगमा नौ चरणका खेल मात्र हुन बाँकी रहेको स्थितिमा अब युभेन्ट्सले लगातार दसौं पल्ट उपाधि जित्ने सम्भावना समाप्त जस्तै भइसकेको छ ।

प्रकाशित : चैत्र २६, २०७७ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?