१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

आहा रारा गोल्डकप : संकटा फाइनलमा

लालप्रसाद शर्मा

पोखरा — पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपको बुधबारको सेमिफाइनलमा संकटा क्लब एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । संकटा क्लबसँग २–० गोलको हारसँगै एपिएफ बाहिरिएको हो ।

आहा रारा गोल्डकप : संकटा फाइनलमा

खेलको पहिलो हाफको ३३ औं मिनेटमा संकटाका सुवास गुरुङले गोल गरी टीमलाई अग्रता दिलाएका थिए । उनले नेराज बस्नेतको लामो फ्रीकिकको सदुपयोग गरेका थिए । पहिलो हाफमै दवाबमा परेको एपीएफले खासै आक्रमक हुन सकेन ।

दोस्रो हाफको ९० औं मिनेटमा संकटाकै आशिष राईको पासमा ग्लोरीले अर्को गोल थपेर जीतलाई झनै सुनिश्चित बताए । खेलको ४१, ७३ र ८९औं मिनेटमा पनि संकटाले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न सकेन ।

संकटाको डिफेन्स कटाउन एपीएफलाई निकै सकस भएको थियो । खेलमा म्यान अफ दि म्याच संकटाका अमित तामाङ बने । बिहीबारको अर्को सेमिफाइनल खेल नेपाल पुलिस र अफ्रिकन रुट्स एसोसिएसनबीच हुनेछ ।

प्रकाशित : चैत्र २५, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?