कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेश १ को पहिलो जित

काठमाडौँ — प्रदेश १ ले ललितपुर मेयर महिला च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ । पहिलो खेलमा नेपाल एपीएफ क्लबसँग पराजित भएको प्रधानमन्त्री कप च्याम्पियन प्रदेश १ ले सोमबार लुम्बिनी प्रदेशलाई सजिलै १० विकेटले पराजित गरेको हो ।

प्रदेश १ को पहिलो जित

कप्तान रुबिना क्षेत्री र काजोल श्रेष्ठले सानदार ब्याटिङ गरी प्रदेश १ को जितलाई सहज बनाइदिए । रुबिना ६८ र काजोल २५ रन बनाई अविजित रहे । रुबिनाले ४९ बल खेली १२ चौका र १ छक्का प्रहार गरी प्लेयर अफ द म्याच बनिन् । काजोलले ३२ बल खेली ३ चौका प्रहार गरिन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले सरस्वती जिएमको अविजित ५० रनमा निर्धारित २० ओभरमा २ विकेट गुमाई १ सय ४ रन बनाएको थियो । उनले ६६ बल खेली २ चौका प्रहार गर्दै कप्तान नेरी थापासँग तेस्रो विकेटमा ३५ रनको अविजित साझेदारी गरिन् । नेरीले १५ बल खेली ३ चौका प्रहार गर्दै २० रन बनाइन् ।

ओपनर वर्षा रानालाई सवनम राईले शून्यमा बोल्ड गरेकी थिइन् भने उनकी जोडी नितु भण्डारी १८ रन बनाएर रनआउट भइन् । लुम्बिनी लगातार दोस्रो खेलमा पराजित भएको हो ।

प्रकाशित : चैत्र २४, २०७७ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?