उपाधि होड बलियो बनाउँदै बार्सिलोना- खेलकुद - कान्तिपुर समाचार

उपाधि होड बलियो बनाउँदै बार्सिलोना

एजेन्सी

म्याड्रिड — ओसमन डेम्बेलेले खेलको अन्त्यतिर नाटकीय गोल गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल भालाडोलिडलाई १–० ले हराएको छ ।

तस्बिर : रोयटर्स

यो जितपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा मजबुत देखिएको छ

जितसँगै बार्सिलोनाको ६५ अंक भएको छ । शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग बार्सिलोना एक अंकको मात्र दूरीमा रहेको छ । अब बार्सिलोनाले लिग उपाधिका लागि बलियो चुनौती पेस गर्न सक्नेछ ।

लिगमा बार्सिलोनाको यो लगातार छैटौं जित पनि हो । खेल बराबरीतर्फ अग्रसर देखिएको बेला डेम्बेलेले ९० औं मिनेटमा निर्णायक गोल गरे । अघिल्लो टिम एटलेटिको सेभियाविरुद्धको खेलमा पराजित भएपछि लिग उपाधिका होड खुल्ला भएको हो ।

प्रकाशित : चैत्र २४, २०७७ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्

भारतको बिनागुडी केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको पश्चिम बंगलको जल्पाइगुडी जिल्लास्थित बिनागुडी केन्द्रविन्दु भएर सोमबार राति भूकम्प गएको छ ।

सोमबार राति ९ बजेर ४ मिनेटमा ५.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले जानकारी दिइन् ।

भूकम्पको धक्का नेपालीका पूर्वी जिल्लालगायत अन्य भागहरुमा महसुस गरिएको थियो ।

प्रकाशित : चैत्र २३, २०७७ २१:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×