२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

उपाधि होड बलियो बनाउँदै बार्सिलोना

एजेन्सी

म्याड्रिड — ओसमन डेम्बेलेले खेलको अन्त्यतिर नाटकीय गोल गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल भालाडोलिडलाई १–० ले हराएको छ ।

उपाधि होड बलियो बनाउँदै बार्सिलोना

यो जितपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा मजबुत देखिएको छ

जितसँगै बार्सिलोनाको ६५ अंक भएको छ । शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग बार्सिलोना एक अंकको मात्र दूरीमा रहेको छ । अब बार्सिलोनाले लिग उपाधिका लागि बलियो चुनौती पेस गर्न सक्नेछ ।

लिगमा बार्सिलोनाको यो लगातार छैटौं जित पनि हो । खेल बराबरीतर्फ अग्रसर देखिएको बेला डेम्बेलेले ९० औं मिनेटमा निर्णायक गोल गरे । अघिल्लो टिम एटलेटिको सेभियाविरुद्धको खेलमा पराजित भएपछि लिग उपाधिका होड खुल्ला भएको हो ।

प्रकाशित : चैत्र २४, २०७७ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?