कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आहा रारा गोल्डकप : संकटा सेमिफाइनलमा

पोखरा — आहा रारा गोल्डकप प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा संकटा क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । संकटाका लागि खेलको ४४ औं मिनेटमा फोफो माले गरेको गोल नै निर्णायक रह्यो ।

आहा रारा गोल्डकप : संकटा सेमिफाइनलमा

आहा रारा कपको १९ औं संस्करणसम्म आइपुग्दा मनाङ मर्स्याङ्दी पहिलोपटक संकटासँग पराजित भएको हो । डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दीले ६ पटकसम्म यो प्रतियोगिताको विजेता हो ।

सोमबारको तेस्रो क्वाटरफाइनलमा संकटा र मस्र्याङदी खेल्दा अब अन्तिम क्वाटरफाइनल भने थ्रीस्टार र नेपाल पुलिस खेल्नेछन् । यही चैत २८ सम्म पोखरा रंगशालामा हुने प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

यस अघि आइतबारको खेलमा अफ्रिकन रुट्स एसोसियशन क्यामरुनको टोलीसँग २–१ ले पराजित भएसँगै मछिन्द्र क्लब बाहिरिएको थियो । शनिबारको उद्घाटन खेलमा एपीएफ आयोजक सहारालाई १–० ले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।

प्रकाशित : चैत्र २३, २०७७ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?