एटलेटिको सेभियासँग पराजित- खेलकुद - कान्तिपुर समाचार

एटलेटिको सेभियासँग पराजित

एजेन्सी

म्याड्रिड — स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडले आइतबार सेभियाको हातबाट १–० को हार बेहोरेको छ ।

तस्बिर : रोयटर्स

सेभियाको जितमा मार्कोस एकुनाले हेडबाट गोल गरे ।

सन् २०१४ यता पहिलो पल्ट लिग उपाधि जित्ने अभियानमा रहेको एटलेटिकोका लागि यो हार निकै घातक सावित हुन सक्नेछ । उसको २९ खेलबाट ६६ अंक छ ।

यो शीर्ष स्थानमा अब तीन अंकको मात्र अग्रता हो । रियल म्याड्रिड ६३ अंकसहित दोस्रो तथा बार्सिलोना ६२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित : चैत्र २३, २०७७ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्

म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

एजेन्सी

लन्डन — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार एक गोलले पछाडि रहेको स्थितिमा ब्राइटनलाई २–१ ले हराएको छ ।

तस्बिर : रोयटर्स

उसका लागि मार्कस रसफोर्डले ६२औं मिनेटमा बराबरी गोल गरेपछि म्यासन ग्रिनउडले ८३औं मिनेटमा निर्णायक गोल गरे । यसअघि ब्राइटनले ड्यानी वेलब्याकको गोलले अग्रता लिएको थियो ।

यो जितपछि म्यानचेस्टरको ३० खेलबाट ६० अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानमा म्यानचेस्टर सिटीको ३१ खेलबाट ७४ अंक रहेको छ ।

आइतबारका अन्य खेलमा एस्टन भिल्लाले फुलहमलाई ३–१ र साउथह्याम्पटनले बर्नलीलाई ३–२ ले हरायो । न्युकासल र टोटनहमबीचको खेल भने २–२ को बराबरीमा रह्यो ।

प्रकाशित : चैत्र २३, २०७७ ०६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×