२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

एजेन्सी

लन्डन — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार एक गोलले पछाडि रहेको स्थितिमा ब्राइटनलाई २–१ ले हराएको छ ।

म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

उसका लागि मार्कस रसफोर्डले ६२औं मिनेटमा बराबरी गोल गरेपछि म्यासन ग्रिनउडले ८३औं मिनेटमा निर्णायक गोल गरे । यसअघि ब्राइटनले ड्यानी वेलब्याकको गोलले अग्रता लिएको थियो ।

यो जितपछि म्यानचेस्टरको ३० खेलबाट ६० अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानमा म्यानचेस्टर सिटीको ३१ खेलबाट ७४ अंक रहेको छ ।

आइतबारका अन्य खेलमा एस्टन भिल्लाले फुलहमलाई ३–१ र साउथह्याम्पटनले बर्नलीलाई ३–२ ले हरायो । न्युकासल र टोटनहमबीचको खेल भने २–२ को बराबरीमा रह्यो ।

प्रकाशित : चैत्र २३, २०७७ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?